१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नागार्जुन साहित्य प्रतिष्ठानको अध्यक्षमा पौडेल, तीन स्रष्टा सम्मानित


२४ पुस, काठमाडाैँ । नागार्जुन साहित्यिक प्रतिष्ठानको शनिबार सम्पन्न १२ औँ अधिवेशनले साहित्यकार दिल पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरको छ । सिन्धुली निवासी पौडेल हाइकु, तान्का, कविता आदि विधामा सक्रिय हुनुुहन्छ ।

सो प्रतिष्ठानको २१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित अधिवेशनमा अधिवेशनमा सर्वसम्मतरुपमा केन्द्रीय कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा माधव निर्दाेष, उपाध्यक्षमा यशोदा अधिकारी, महासचिवमा युवराज काफ्ले ‘नास्तिक’, सचिवमा माधव घिमिरे ‘अटल’, र कोषाध्यक्षमा शिवहरि पाण्डे रहनुभएको छ ।

कार्यसमितिको सदस्यहरुमा एक सदस्य पछि थप्ने गरी देवकुमारी लुईँटेल, रामदेव पाण्डे, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, दिल श्रीष, गङ्गा खतिवडा, प्रकाश कोइराला, गोविन्दराज शिवाकोटी, विष्णुकुमारी सुवेदी र अनिमाकुमारी पौडेल निर्वाचित हुनुभएको छ । प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश सिलवालले पौडेललाई कार्यभार हस्तान्तरण गर्नुभयो ।

सभामा निर्वाचनका लागि साहित्यकार डा रमेश शुभेच्छुका संयोजकत्वमा चेतनाथ धमला र कृष्ण तामाङ सदस्य रहेको समिति बनाइएको थियो । बन्दसत्रमा समसामयिक साहित्यिक प्रस्ताव लेखन समितिका संयोजक डा हरि सिलवालले पेश गर्नुभएका १९ बुँदे साहित्यिक रुपान्तरण र अभियानसँग सम्बन्न्धित बुँदाहरुलाई पारित गरिएको थियो । सभामा निवर्तमान महासचिव माधव निर्दाेषको साङ्गठनिक प्रतिवेदन र निवर्तमान कार्यबाहक कोषाध्यक्ष शिवहरि पाण्डेको आर्थिक प्रतिवेदन र अध्यक्ष सिलवालाको विधान संशोधन प्रस्ताव छलफलसहित पारित गरेको थियो ।

तीन लोकतान्त्रिक स्रष्टालाई सम्मान

कार्यक्रममा प्रतिष्ठानले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा योगदान दिने तीन साहित्यकारलाई यस वर्षको स्रष्टा सम्मान प्रदान गरेको थियो ।

नेपल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रप्रसाद उपेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यत्रपममा साहित्यकारहरु वासुदेव अधिकारी र डा बेञ्जु शर्मा र मातृका पोखरेललाई सम्मान प्रदान गरियो । उहाँहरुले आफ्ना साहित्यिक विधाका साथै लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको शान्तिपूर्ण आन्दोलनमा अगुवाइपूर्ण भूमिका निर्वाह गरेर दिनुभएको योगदानको मूल्याङ्कन गर्दै सो सम्मान दिन लागिएको जनाइएको छ । कुलपति उप्रेतीले राज्यले साहित्य क्षेधत्रलाई पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रका साहित्यिक संस्थाहरुसँग पनि सहकार्य गरिने बताउनुभयो ।

सो प्रतिष्ठानका सल्लाहकार एवं प्रज्ञा डा देवी नेपालका संयोजकत्वमा गठित चयन समितिको सिफारिशलाई अनुमोदन गरिएको थियो । यसअघि सो संस्थाले लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चका तत्कालीन अध्यक्ष मण्डलका सदस्यहरु वैरागी काँइला, निनु चापागाईँ, आनन्ददेव भट्ट, डा तुल्सीप्रसाद भट्टराईलाई सम्मान गरेको थियो ।

कार्यक्रममा नागार्जुनका सल्लाहकार प्रा डा रामप्रसाद ज्ञवालीले इतिहासको खास खालखण्डमा नागार्जुजले उल्लेखनीय भूमिका निर्वाह गरेकाले यसलाई बचाएर लागन आग्रह गर्नुभयो । अर्का सल्लाहकार डा देवी नेपालले सम्मानित स्रष्टाहरुले लोकतान्त्रिक साहित्यिक आन्दोलन र लेखनीमा दिनुभभएको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष वैरागी जेठा, पूर्व अध्यक्ष रोजन राई, पूर्व उपाध्यक्ष गङ्गा कर्माचार्य, प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष सुशीला प्रधानाङ्ग, कवि भारद्वाज मित्र, प्रेमराज सिलवाललगायतले साहित्यिक संस्थाहरुका चुनौती र भावी दिशाबारे सुझाव दिनुभएको थियो ।

प्रकाशित मिति : २४ पुष २०७८, शनिबार २१:१०