८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चन्दाका लागि पत्रकार महासंघको नाम बेचिएको ‘मिडिया अवार्ड’मा प्रचण्ड सहभागी नहुने


२२ पुस, काठमाडौँ । चन्दा संकलनको मुख्य उद्देश्यसहित नेपाल पत्रकार महासंघको समेत नाम जोडेर यही पुस २४ गते काठमाडौँमा हुने भनिएको ‘नेपाल मिडिया अवार्ड’मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन । आफूसँग छलफल नै नगरी प्रमुख अतिथि भनेर प्रचार गरिएको कार्यक्रममा सहभागी नहुने निर्णय लिएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको सचिवालयले कोरोनाको कारण भन्दै कार्यक्रममा सहभागी हुन नसक्ने बारेमा जानकारी गराएको सचिवलयले जानकारी दिएको छ ।

ड्रिम हाई नेपालले नेपाल पत्रकार महासंघका केही पदाधिकारीसँग सहमति गरी संस्थाको नाम बेचेर रकम उठाएको (चन्दा संकलन) गरेको विषयमा दैनिकीले बिहीबार समाचार प्रकाशित गरेको थियो । पत्रकार महासंघका महासचिव रोशन पुरीको हस्ताक्षर समेत दुरूपयोग गरेर ड्रिम हाई नेपालका कमल जिसीले मिडिया अवार्डका नाममा असुली गरेका हुन ।

२४ पुसमा हुन भनिएको अवार्ड चरम विवादित बनेपछि कम्पनीले मनोनयनमा पारेका अधिकांश भन्दा धेरै पत्रकारहरूले आफ्नो नाम फिर्ता लिएका छन । भने संस्थाको नाम गलत काममा दुरूपयोग गरेको र अवार्ड अपारदर्शी भएको भन्दै महासंघकै केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका छन ।

महासिचव पुरीले आर्थिक संकलनाका लागि आफ्नो हस्ताक्षर दुरूपयोग भएकोमा प्रहरी प्रशासन मार्फत कानुनी उपचार खोज्ने यसअघि नै बताइसकेका छन । कम्पनीका जिसीले काठमाडौँ महानगरपालिका, नेपाल आयल निगम, नेपाल वायु सेवा निगम, नेपाल टेलिकम, नेपाल पर्यटन बोर्ड लगायतका निकायमाले पुरीको हस्ताक्षर अनुमति बिनै प्रयोग गरिएको पाइएको छ ।

यो पनि पढ्नुहोस्

– मिडिया अवार्डका नाममा पत्रकार महासंघको नाम बेचेर चन्दा संकलन, चाैतर्फी बिरोध

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार २०:३८