पहिचान

~डा. विदुर चालिसे

एकदिन नारद एकतारे बजाउँदै पृथ्वी तलमा ओर्ले । उनी सुधा ब्राह्मण कुलका याेगी थिए । सत्धर्म एवं सत्कार्य उनकाे मर्म थियाे । परम कर्तव्य निभाउनु उनकाे पर्म थियाे । पृथ्वी तलमा पापानी लाेभानी बढेकाे देखेपछि त्यहाँका एक उच्च गुरूसँग विमर्श शुरू भयाे । नारदले राजनीति शास्त्रका गुरूलाई भेटेर प्वाक्कै साेधे ।

–“राजनीति कसरी गर्ने !”

उच्च गुरूले फुसडी जाेगीलाई टेर्नुपर्ने कारण थिएन । गुरूले मुण्टाे बटारेर कम्प्युटरकाे कि-बाेर्ड चलाउन लागे । नारद ह्वास भए । एकतारे बजाएर राजनीतिका गुरूलाई ब्यूँझाएर फेरि भने ।

–“विद्यार्थीलाई राजनीति कसरी पढाउने गुरू ?”

–“छलछाम गर्ने, पेट भर्ने, अलखनन्दाकाे वात यही हाे ।”

–“गुरू ! अलखनन्दा भन्नाले ?”

–“के भन्ने अब, यही हाे राजनीति !”

गुरूकाे मन न हाे । कमलाे थियाे । उनले ताइ न तुईंकाे जाेगी लाई गरिब देखे हाेलान सायद, फेरि भनिदिए ।

–“पढाएर पनि राजनीतिकाे जीवन चल्छ त ? जीवन चलाउन राजनीति, राजनीति चलाउन पैसा, पैसा चलाउन पद र पद चलाउन थैली बटुल्नु पर्छ !”

नारदलाई राजनीति र थैलीकाे सम्बन्धबारे थाहा भएन। गुरूले फेरि थपे ।

–“बुँझे, तपाईं त्यसै जाेगी हुनुभएकाे हाेइन रहेछ ।”

–“किन र ? महान गुरु !”

–“के भन्ने खै अब, जीउ पाेस्न र पद खाेस्न हाम्राे शास्त्रमा एक शब्द छ, सुन्नुहुन्छ ?”

–“अहाे याे गरिबकाे भाग्य, शिक्षा पाउँ न गुरू !”

राजनीति शास्त्रका गुरू भट्याउन थाले । उनले बलि राजाकाे कथा भने । दानी राजाकाे बयान सुनाए । सुनकेस्रा मैयाकाे गफ दिए । द्राैपदीकाे चीरहरण भने । दुशासनकाे चरित्र चित्रण गरे । अन्त्यमा हाई काढ्दै बुढी ओैला र चाेर ओैला पट्काएर खाेक्दै भने ।

–“देखाइ दिएँ नि !”

–“के गुरू !”

–“राजनीति शास्त्रकाे पहिचान !”

विचरा नारदले केही बुझेनन् । राजनीति भनेकाे देखाइ दिने विषय रहेछ भन्ने उनलाई लाग्याे । तै पनि हुने हार दैब नटार भने झैं उनले राजनीति कसरी गर्ने भन्ने अन्तिम प्रश्न गुरूलाई साेधे ।

–“गुरूकाे पहिचान के हाे त, उसाे भए !”

–“हिहिहि, भनिरहनुपर्छ र ?”

–“नत्र म कसरी राजनीति जान्दछु त !”

–“भनिहाल्नु भयाे, लाै !, छुपेरूस्तम !”

नारदकाे एकतारे र राजनीति शास्त्रका गुरूकाे कम्प्युटरकाे कि-बाेर्ड एकैपटक एकैस्वरमा निस्कन लाग्याे । सुरदासहरू तवला र ढाेल बजाएर गाउन थाले ।

–“घुस्याहा हात्तीकाे गीत !”

प्रकाशित मिति: १७ पुष २०७८, शनिबार ०८:०४