अब युद्ध होइन, उत्पादनका कुरा गराैँ

-आरबी खड्का

२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक प्रतिवेदनमा अध्यक्ष कमरेड प्रचण्डले इतिहास, वर्तमान र भविष्यलाई तुलनात्मक रूपमा अध्ययन गर्ने प्रयास गरिएको छ । समग्रमा दस्तावेज राम्रो छ ।

१). पार्टी कतातिर जाने हो भन्ने दिशानिर्देश त गर्‍यो तर अझै ठोस कार्यक्रम समावेश छैनन् ! समाजवादको विषयमा आउनुपर्ने धेरै कुरा आउँदाआउँदै पनि कतिपय विषय छुटेका छन् । शिक्षा र स्वास्थ्यमा सर्वहारा र श्रमजीवी वर्गको पहुँचको अवस्था कस्तो छ भन्ने विषय पनि प्रस्ट रूपमा आउनुपर्छ भन्ने सुझाव दिनु पर्छ !

२). अबको विषय युद्ध होइन, उत्पादन हो । उत्पादनमा सामूहिकता र गाऊमा सहकारीकरण कसरी गर्न सक्छौ नेताहरूको सम्पत्ति सार्वजनिक गरेर सामूहिकतामा लानुपर्छ । त्यसपछि त्यसलाई नमुनाको रूपमा देखाउँदै आमजनता र विश्वव्यापी रूपमा लैजानुपर्छ र युगान्तकारी परिवर्तनको लहर ल्याउन सक्नुपर्छ । १५ दिनको समयावधि महŒवपूर्ण हो कि त्यसबाट आउने उत्पादन महŒवपूर्ण हो ? यसमा पनि बहस आवश्यक छ । दस्तावेजमा धेरै विषय छुटेका छन् ।

३). पहिलो संविधानसभाले स्वामित्व लिएका मुद्दालाई छोडिएको जस्तो देखिन्छ । उत्पीडित जातीय पहिचानसहितको १४ प्रदेशको संघीय संरचनालाई दोस्रो संविधानसभाले स्वामित्व लिन सकेन । त्यो दुर्भाग्यपूर्ण तितो यथार्थलाई यो दस्तावेजले बिर्सिएको छ । अहिले गरिएको प्रदेशको सीमांकन र नामांकन पनि त्रुटिपूर्ण छ ।

४). स्वदेशकै विषयमा दस्तावेज पर्याप्त नभएको देखिन्छ । कृषि, उद्योगलगायतका विषयमा पनि दस्तावेजमा कमी भएको देखिन्छ । विदेशीसँग परनिर्भर नभई हाम्रा नेताले हिम्मत गरेर स्वदेशकै साधनस्रोतलाई उपयोग गर्नुपर्छ र युवाको विदेश पलायनलाई रोक्न सक्ने नीति ल्याउनुपर्छ ।

५). कार्यकर्ता व्यवस्थापनको सवाल, उत्पादनसँग नेता–कार्यकर्ता जोड्ने सवालमा हामीले सुझाव दिदै संगठनलाई जनतासँग जोड्ने र जनतालाई पार्टीसँग जोड्ने पुलको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने कुराको विषयमा छलफल गर्नु पर्छ ! त्यसका सफलता र असफलताको समीक्षा गरेर नयाँ ढंगले अगाडि बढ्न समाजवादी क्रान्तिको नेपाली मोडेलको मूल बाटोबारे बहस चलाउनु पर्छ !

समाजवादी क्रान्ति गर्ने भनिएको छ । यो नीतिसहित आउनुपर्छ । कस्ता नीति लिएर समाजवादी क्रान्ति सम्पन्न गर्ने त्यसैले हामी वैज्ञानिक समाजवादमा जाने हो भने कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट आचरणसहितको बनाउनुपर्छ । तर लोकतन्त्रलाई आधारमा सामाजिक आर्थिक रुपान्तरण गर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने समाजवादी क्रान्ति कसरी सम्पन्न गर्न सक्छौ ?

६). शान्ति प्रक्रियाको बाँकी रहेको सत्य तथा मेलमिलाप, बेपत्ताको छानबिन बाँकी काम चाँडो समाधान गरौ !

७). हाम्रो परराष्ट्र नीति असंलग्न नीति र स्वतन्त्र नीतिको विषय पनि छुटेको छ ।

९). भारतको कब्जामा रहेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने कुरालाई पार्टीले मुद्दा बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिनु पर्छ ! राष्ट्रियताको विषयमा कसैसँग नझुक्ने सबै प्रतिबद्ध हुनुपर्छ !

१०). नेपाल भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धी खारेजी गरौँ !

११). प्रवासी नेपालीको समस्या समाधान गर्न पहल-

अ). नेपालबाट भारत तथा चीनका सीमाहरुका प्रत्येक नाकामा सिसिटिभि जडान र प्रशासनमा सुधार गरिनु पर्ने ।

आ). विदेशमा रोजगारीका लागि गएका नेपाली चेलीहरुले व्यक्तिगत स्वतन्त्रता र मानविय हक र अधिकार शोषणका विरुद्धमा आफ्नो मुलुकमा बसी कानुनी न्याय प्राप्तिको निम्ति अदालतमा अपिल गर्ने न्यायको लागि लड्ने अधिकारको सुनिश्चितता गरिनुपर्ने ।

इ). नेपालबाट चेलीबेटीहरुलाई भारतबाट खाडी मुलुकमा पु¥याई बेच्ने कार्य बढ्दो भएको हुँदा तत्काल त्यस्तो दलालको पहिचान तथा कारवाही तथा चेलीहरुलाई चेतनाको प्रचार गरिनु पर्ने ।

ई). भारतमा अस्थायी रुपमा पेसा, व्यापार व्यावसाय अन्य संस्थामा कार्यरत नेपालीहरुको बैंक तथा फाईनान्स संस्थामा खाता खोल्ने कठिनाई हटाउने । भारतमा कार्यरत नेपालीहरुको अन्य मुलुकमा काम गर्न जाने नेपाली सरह बिमाको व्यवस्था गरिनु पर्ने । नेपाल–भारत बीचको महँगो टेलिफोन महशुल दर कम गराउनु पर्ने ।

उ). नेपालमा व्यवस्थामा परिवर्तनसँग जनताको विकासमा समेत परिवर्तन हुनु पर्ने थियो । तर, तयो भएन । हामी मताधिकारबाट बञ्चित छौं । भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस्, नेपालीले उपचार गर्न आउने कतिपय अस्पतालमा लगाइने अन्तर्राष्ट्रिय शुल्कको भार रहेको छ !

सीमा नाकामा भारतीय प्रहरीद्वारा सीमानाकामा नेपाली नागरिकसँग गरिने लुटपाट, अभद्र व्यवहार तथा ज्यादतीका घटना छन !

ऊ).प्रवासी नेता कार्यकर्तालाई राजनीतिक नेतृत्वले चुनावमा मात्रै मतदाता सम्झने अवस्थाको अन्त्य गरी अरू समयमा पनि नेपाली नागरिकको दुःख पीडामा मल्हम लगाउने अवस्थाको सिर्जना होओस् भन्ने नेपाली जनताको चाहनालाई वर्तमान नेतृत्वले विशेष ध्यान दिनुपर्छ !

नेपालको अर्थतन्त्रमा प्रवासी नेपालीहरूले पठाएको रेमिट्यान्सले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रवासी नेपालीको कमाई उत्पादनमूलक क्षेत्रमा निवेश हुनुको साटो अन्यत्र अनुत्पादक क्षेत्रमा लगानी भएको छ ।

ए).भारतलगायत तेस्रो मुलुकमा लाखौँको संख्यामा नेपालीहरू कार्यरत छन् । तेस्रो मुलुकमा प्रवेशात्राको आवश्यकता भएको हुँदा केही तथ्यांक होला तर, भारतमा नेपालीहरूको वास्तविक संख्या के कति छ ? क्नै तथ्यांक छैन् । भारतमा रहेको नेपालीहरूको तथ्यांक तयार पार्न सरकारबाट आवश्यक पहल गरियोस् ।

१२).महान जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने कुरा प्राथमिकतामा राख्नुपर्छ । प्रतिक्रियावादी र अवसरवादीहरुबाट पूर्वजनमुक्ति सेनालाई भड्काउने षडयन्त्र भइरहेको सन्दर्भमा उनीहरुलाई वैचारिक र सांगठनिकरुपले संरक्षण दिएर संगठित गर्ने नीति लिनुपर्छ ।

सहिद, बेपत्ता, घाइते र अपाङ्ग परिवारको अभिलेखीकरण गरी स्थिति हेरेर उनीहरुलाई उचित सहयोग गर्ने नीति स्पष्ट हुनुपर्छ । जनयुद्धको इतिहासको संरक्षणका लागि युद्ध संग्रहालय निर्माण गर्ने पीएचडी स्टूडेंट्सले अध्ययन खोज गर्ने कुरा उल्लेख गर्नुपर्छ ।

१३). नेपाली समाजको वर्ग विश्लेषण गर्न अनिवार्य छ । स्थानीय वर्गसंघर्षलाई आन्दोलनसँग जोड्ने कडीलाई विकास गर्नुपर्छ । साथै पार्टी कामका तत्कालीन नीति, कार्यक्रम र योजनाहरुको बारेमा दस्तावेजमा आयो । तर, सरकारसम्बन्धी विगतदेखि वर्तमानसम्मको समीक्षा र तीनै तहका सरकार सञ्चालनसम्बन्धी अवधारणा छुट्टै शीर्षक बनाएर स्पष्ट आउनुप¥यो ।

(खड्का नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा भारतबाट प्रतिनिधि छन् ।)

प्रकाशित मिति: १५ पुष २०७८, बिहीबार २१:०५