१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

कैलाशले भित्र्यायो नयाँ हेलिकप्टर (फोटोफिचर)


१९ फागुन, काठमाडौँ । युवा व्यवसायीहरुको लगानीमा स्थापना भएको कैलाश हेलिकप्टर सर्भिसेज प्रालिको नयाँ हेलिकप्टर नेपाल भित्रिएको छ । कैलाशको पहिलो हेलिकप्टर शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छ ।

फ्रान्सको जहाज निर्माता कम्पनी एयर बसले निर्माण गरेको एस ३५० बिथ्री सिरिजको हेलिकप्टर भित्र्याएको कम्पनीका अध्यक्ष क्याप्टेन अाशिष शेरचनले जानकारी दिए । ३० करोडको लगानी रहेको कम्पनीले निकट भविष्यमा अर्को दुई वटा हेलिकप्टर केही समयमै भित्र्याउने शेरचनले बताए ।

पर्यटन, बैंकिङ, लगायतका क्षेत्रमा क्रियाशिल युवाहरुको समूहले कैलाश हेलिकप्टर सर्भिसेज स्थापना गरेको हो । समूहमा क्याप्टेन आशिष शेरचन, प्रतापजंग पाण्डे, सिएन पाण्डे, श्रीराम केसी, इश्वरी पौडेल, सुनिल श्रेष्ठ, रमेशकुमार पण्डित, श्रिहरि कुइँकेलगायतका व्यवसायी रहेकाे प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले बताए ।

कम्पनीले हेलिकप्टर चार्टर्ड फ्लाईट, रेस्क्यु, बिरामी बोक्ने, नेपालभरि रिजर्भमा लाने, माउन्टेन फ्लाईट गर्ने कम्पनीका निर्देशक सी एन पाण्डेले बताए । उनले उडान अनुमतिको लागि एओसिको प्रक्रियामा अघि बढेको र चाँडै नै व्यवसायिक रुपमा सञ्चालन गरिने पनि जानकारी दिए ।

विमानस्थलमा हेलिकप्टर अोर्लादाको दृश्य कम्पनको फेसबुकबाट साभार गरेर यहाँ राखिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार १७:२१