७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

एक दिवसीय क्रिकेटः नेदरल्यान्ड्सद्धारा नेपालसामू १९० रनको  विजय लक्ष्य प्रस्तुत


१६ साउन, काठमाडाैँ । एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १९० रनको  विजय लक्ष्य प्रस्तुत गरेको छ । नेदरल्यान्ड्सले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १८९ रनमात्रै बनाउन सक्यो ।

उत्कृष्ट सुरुवात गरेको नेपालले एकपछि अर्को विकेट लिँदै घरेलु टिम नेदरल्यान्ड्सलाई सस्तोमै समेट्यो । नेपालका लागि कप्तान पारस खड्काले १० ओभर बलिङ गर्दै २६ रन दिएर ४ विकेट लिएका छन् । त्यस्तै, सोमपाल कामीले पनि ३ विकेट लिएका छन् । सन्दीप लामिछाने, बसन्त रेग्मी र करण केसीले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १८:५३