८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाली कांग्रेसले समय मागेपछि प्रधानन्यायाधीशकाे सुनुवार्इ पर्सी बिहान १० बजेसम्मका लागि स्थगित


१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि कुनै निर्णय लिन सकेन । नेपाली कांग्रेसले समय मागेपछि प्रधानन्यायाधीशकाे सुनुवार्इ पर्सी बिहान १० बजेसम्मका लागि स्थगित गरिएको समितिका सदस्य एवम् नेकपाका नेता पार्वत गुरूङले दैनिकीलार्इ जानकारी दिए ।

जोशी शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली रहेको एसएसली समेत फेल भएको तथ्य सार्वजनिक भएपछि समितिलार्इ निर्णय लिन सकस परेको छ । कांग्रेसले जोशीको नाम अनुमोदन हुनुपर्ने बताउँदै अाएको छ भने नेकपाले गलत पात्रलार्इ न्यायालयको नेतृत्व सुम्पन नसकिने तर्क अघि सारेको छ । जोशीको प्रधानन्यायाधीशमा अनुमोदनमा सहयोग नगरे ज्यान मार्ने भन्दै हिजोमात्र नेकपाकी सांसद निरूदेवी पालको कञ्चटमा पेस्तोल तेर्स्याएको घटनासमेत बाहिरिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १८:४६