६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

सांसद निरु पालको कञ्चटमा पेस्तोल तेर्साएर प्रधानन्यायाधीशको भिख माग्ने को हुन ?


१६ साउन, काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिको सदस्य एवम् नेकपाकी सांसद निरुदेवी पालको कञ्चनटमा पेस्त ताक्दै एक जनाले प्रधानन्यायाधीशको भीख मागेको खुलासा भएको छ । समितिका सदस्यहरुलाई आज निजी सुरक्षा अधिकारी दिएको समाचार सार्वजनिक भएसँगै यस्तो खुलासा भएको हो ।

मंगलबार साँझ बानेश्वरमा दूध किन्न सडकमा निस्किएका बेला सांसद पाललाई अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल राखेर दीपकराज जोशीको नाम संसदीय समितिबाट अनुमोदन हुनुपर्ने र त्यसका लागि आजको बैठकमा नजान भन्दै धम्की दिएको बुझिएको छ । त्यसपछि सांसद पालले सुरक्षा माग गर्दै सभामुखसामू निवेदन दिएकी थिइन ।

पालले भनिन् ‘प्रधानन्यायाधीशमा अन्यथा गरे तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ पालका अनुसार ती धम्की दिने पेस्तोलवालाले आफ्नो मोबाइलसमेत खोसेर लगेको सांसद पालले बताएकी छन् । उनले पेस्तोल तेर्साउन व्यक्तिको बारेमा खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १७:५४