६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाही हुन्छः मन्त्री विष्ट


१६ साउन, विराटनगर । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक प्रदान नगर्नेलाई कारबाही गर्ने बताएका छन । बुधबार बिराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले न्यूनतम पारिश्रमिक दिने कुरामा विगतमा जस्तो कसैले आलटाल गर्न नपाउने बताए ।

फाइल तस्बीर ।

उनले विगतमा सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको धेरै गुनासाहरु आए तर अब त्यस्तो हुन नदिने प्रतिवद्धता जनाए । मन्त्री विष्टले औद्योेगिक प्रतिष्ठानको वर्गीकरण गरी बैंक खाता खोल्ने समय सीमा तोकिएको बताउँदै अब पनि न्यूनतम पारिश्रमिक नदिएको गुनासा आए कारबाही गरिने स्पष्ट पारे ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १५:४४