१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा कामीले लिए पहिलो विकेट


१६ साउन, काठमाडौं । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एक दिवसीय क्रिकेटमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् । उनले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालको तर्फबाट पहिलो विकेट लिएका हुन् । सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् । नेदरल्याण्ड्सको आम्स्टेलभिनमा भएको खेलमा टस जितेर नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १५:१७