११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

एसएलसी फेल भएका जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न कांग्रेस सभापति देउवाको दबाब


१६ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एसएलसी नै फेल भएका कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन दबाब दिएका छन ।

सभापति देउवाले नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी जोशीलाई जसरी पनि अनुमोदन गर्न दबाब दिएका हुन । त्यस्तै देउवाले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि फोन गरेर जोशीलाई अस्वीकार नगर्न आग्रह गरेका छन ।

देउवाले जोशीको नाम अस्वीकृत भए न्यायालय स्वतन्त्र बन्न नसक्ने र यसले अस्थिरता निम्तिने भन्दै चेतावनी दिएका छन । संवैधानिक परिषद्का सदस्यसमेत रहेका देउवाले न्यायपरिषद् र संवैधानिक परिषद्ले सिफारिस गरिसकेको न्यायाधीशलाई संसदीय सुनुवाइ समितिबाट अस्वीकार गर्दा गलत नजिर बस्ने दलिल पेश गरेका छन ।

यो पनि पढ्नुहोस्

–कामु प्रधानन्यायाधीश जोशी एसएलसी फेल भएको खुलासा, समितिमा बुझाएको प्रमाणपत्र नक्कली

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार ०९:२०