१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

विराटनगरको भारतीय फिल्ड अफिस आजदेखि बन्द


१६ साउन, काठमाडौँ । मोरङको विराटनगरमा भारतीय दुतावासले राखेको फिल्ड अफिस आजबाट बन्द भएको छ । २०६५ सालमा कोशी नदीमा आएको बाढीले सडकमा क्षति पुगेपछि सवारीसाधन चलाउन भारतीय भुमि प्रयोग गर्नुपर्ने भएकाले अनुमति दिन सहजीकरणका लागि भन्दै स्थापना गरिएको कार्यलय आजबाट बन्द भएको हो ।

लामो समयसम्म भारतीय फिल्ड कार्यालय बन्द नहुँदा नेपाली भुमिको दुरुपयोग भएको भन्दै चर्काे आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीलाई कार्यालय बन्द गर्न आग्रह गरेका थिए ।

मोदीले ओलीको आग्रह स्वीकार गर्दै अगष्ट १ देखि कार्यालय बन्द गर्ने जनाएका थिए । भारत सरकारले विराटनगरको फिल्ड अफिस बन्द गर्ने जनाउँदै सो कार्यालयले गर्ने सवारी अनुमति, भारतीय नागरिकको जन्म, मृत्यु दर्ता लगायत काम काठमाडौंस्थित दुतावासबाटै हुने जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार ०९:०५