११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

भारतीय प्रधानमन्त्री मोदी भदौँमा फेरि नेपाल आउँदै


१६ साउन, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदी आगामी भदौमा पुनः नेपाल आउने भएका छन । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन ।

मोदी यसअघि गत वैशाख २८ गते दुईदिने भ्रमणमा नेपाल आएका थिए । भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरूका कार्यकारी सरकार प्रमुख नै सहभागी हुने भएपछि मोदी पनि नेपाल आउन लागेका हुन ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार ०७:५९