८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पञ्चकन्या माईले बोलायो एकैपटक तीन वर्षको साधारणसभा


६ पुस, काठमाडौँ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले २८ पुसमा साधारणसभा बोलाएको छ । कम्पनीले कुपण्डोल ब्याङ्क्वेट, कुपण्डोल, ललितपुरमा चौथो, पाँचौं तथा छैटाैँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा बिहान ११ बजे भर्चुअलमाध्यमबाट सञ्चालन हुनेछ।

सभामा सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको आर्थिक विवरणका विषयमा छलफल गर्ने लगायतका एजेण्डा छन् ।

सभा प्रयोजनका लागि कम्पनीले २० पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, १९ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन सक्नेछन्।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १४:२९