११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

म्याकडोनाल्डलाई हराउँदै पूर्व विश्व नम्बर एक मुर्रे वाशिड्डटन ओपन टेनिसको दोस्रो चरणमा


१५ साउन, काठमाडौँ । एन्डी मुर्रे वाशिड्डटन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । अमेरिकाको वाशिड्डटनमा भएको खेलमा घरेलु खेलाडी म्याकेन्जी म्याकडोनाल्डलाई हराउँदै बेलायती खेलाडी मुर्रेले दोस्रो चरणमा स्थान सुरक्षित बनाएका हुन् ।

एक सेटमा पछि परेको अवस्थामा मुर्रेले पछिल्लो दुई सेट जितेका थिए । पूर्व विश्व नम्बर एक मुर्रेको तीनवटा सर्भिस ब्रेक गर्दै म्याकडोनाल्डले पहिलो सेटमा ३–६ को जित निकालेका थिए । दोस्रो चरणमा मुर्रेले बेलायतकै खेलाडी केल एडमण्डको सामना गर्नेछन् ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार १३:४९