१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

असफल सरकारका कारण ध्वस्त सेयर बजार


-राधाकृष्ण गिरी

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अदालतको सर्वाेच्च अदालतकाे परमादेशबाट प्रधानमन्त्री भए पछि नेपालको अर्थतन्त्र झन तल झर्दै जोखिम उन्मुख हुदै गएको तस्बिर अर्थतन्त्रको विभिन्न क्षेत्रमा देखा पर्न थालेका छन ।

माओवादीबाट अर्थमन्त्री नियुक्ति भएका जनार्दन शर्माले आफैँ नेपालको अर्थतन्त्र सहि बाटोमा डोर्याउन नसकेको स्विकार्ने स्थितिमा पुगेको छ। कोभिडले थिलथिलो बनेको नेपाली आर्थिक गतिविधि सरकारको अकर्मण्यताको कारण पुन शिथिल बन्न पुगेका छन भने अर्थशास्त्री, उद्योगी व्यावसायीहरु पुन अतालिन थालेका छन ।

चालू आर्थिक बर्षको पहिलो चार महिनामा सरकाले पुँजिगत खर्च ५ प्रतिशत पनि गर्न सकेको छैन। बैकिङ क्षेत्रमामा तरलताको अवस्था भयावह छ । धेरैजसो बैंकको सिडि रेसियो रास्ट्रबैकले तोकेको ९० प्रतिशत भन्दा माथि पुगिसकेको छ । अग्रिम आयकर तिर्ने र बाँकी कर तिर्ने समय पौष मसान्तमा तरलता समस्या झन गहिरिने देखिन्छ ।

पेट्रोल/डिजेल लगायत इन्धनको मूल्य आकासिएको छ भने खाध्यान लगायत उपभोग्य वस्तुको मूल्यबृद्धि नियन्त्रण बाहिर गएको अवस्था छ । तथ्यांकमा कम देखाए पनि मुद्रा स्फिती दश प्रतिशत भन्दा माथी दोहोरो अंकमा उक्लिएको छ । सरकारले ७.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि विश्व बैंक लगायत विभिन्न निकायले गरेको सर्बेक्षणमा नेपालको आर्थिक वृद्धि दर ५ प्रतिशत भन्दा मुनि सीमित हुने देखिएको छ। यसरी समग्रमा हेर्दा सरकार पुर्ण रुपमा असफल भएको देखिन्छ।

अर्थतन्त्रको ऐनाको रुपमा रहेको नेपालको पुजिबजार भारी मात्रामा गिरावट आएको छ। पुजि बजार मापक इन्डेक्स नेप्से परिसुचक ३२०० बिन्दु माथी रहेकोमा परिसुचक २३६१ बिन्दुमा झरेको छ । सत्ता साझेदार र अर्थमन्त्रीको पार्टी नेकपा मावोवादीका अध्यक्षले पुँजिबजारलाई सट्टा बजारको रुपमा ब्याखा गर्दा एकै दिन ८३ अंकले गिरावट आएको छ ।

नयाँ सरकार बनेपछी लगानीकर्ताको सम्पत्ति बजार पुँजिकरण करिब ११ खर्बले घटेको छ। लगानिकर्ताले ठूलो पुजि गुमाएकाछन। झन्डै ४८ लाख लगानीकर्ता भएको करिब १ लाख जना प्रत्यक्ष कारोबार गर्ने गरेको र दैनिक २२ अर्बसम्म कारोबार हुन थालेको नेपाली पुँजिबजार दैनिक २/३ अर्बमा सीमित हुन पुगेको छ ।

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

पुँजिगत लाभकारबाट गत आर्थिक बर्ष २२ अर्ब भन्दा बढी राजस्व सङलनमा योगदान दिएको पुँजि बजार आज कुनै योगदान दिन सक्ने अबस्थामा छैन । तत्कालीन माओबादीबाट डा बाबुराम भट्टराई अर्थमन्त्री भएपछि पुँजि बजारलाइ जुवा घर भन्दा नेप्से परिसुचक घटेर २९२ को बिन्दुमा झरि लगानीकर्ताले खर्बौ गुमाएर बेघरबार बनेको जस्तै अहिले शेरबहादुर देउवा प्रधानमन्त्री र मावोवादी नेता शर्मा अर्थमन्त्रीले गरेको बेवास्ताले लगानीकर्तामा कतै उहीँ नियती भोग्नु पर्ने होकि भन्ने डर सिर्जना भएको छ।

सेयर बजारको निमायक नेतृत्व नेपाल धितोपत्र बोर्ड र नेप्सेका हाकिम सर्बोत्तम सिमेन्ट कान्डमा फसेपछी नेतृत्वबिहिन हुन पुगेको पनि करिब तीन महिना हुन लाग्यो । सरकारले उक्त पदमा नियुक्तिको प्रक्रिया सुरु गर्न अझै चासो देखाएको छैन् ।  यसले गर्दा कतिपय नियमित रुपमा गर्न पर्ने काम जस्तै साधारण सेयर निस्कासन, अग्राधिकार सेयर निस्कासन र राइट सेयर स्वीकृती जस्ता कामहरु हुन सकेको छैन ।

यहि मौका छोपि नेप्से परिसूचक तलमाथी गर्न विभिन्न समूह र ब्यक्तीले गलत नियतराखि कारोबार गर्दा धितोपत्र कारोबार नै जोखिममा पुगेको देखिएको छ । बजार बढ्दा दिन बिराएर बिज्ञप्ति नेकाल्ने धितोपत्र बोर्ड बजार घटेर लगानीकर्ताले ठूलो पुँजि गुमाउदा नेतृत्वबिहिन छ।

पुँजिबजार सुधारको लागि लगानीकर्ताको विभिन्न माग अन्तर्गत बैंकलाइ ब्रोकर लाइसेन्स दिने, ब्रोकर कमिसन घाटाउने, ब्रोकरेज सेवा बिस्तार गर्ने, रियल सेक्टरका कम्पनी पुँजि बजारमा भित्राउने जस्ता अनेकौँ माग अर्थमन्त्री लगयत सरकारकी व्यवास्ताका कारण त्यसै अलपत्र परेको छ । लगानीकर्ताको विभिन्न समुहले भेटेर दबाब दिदा अर्थमन्त्री नजाबफ छ्न।

अर्थमन्त्रालय मातहतको नियमायक निकाय जस्तै रास्ट्र बैक, धितोपत्र बोर्ड, बिमा समिति लगायत ब्यबस्थापन र सन्चालन गर्ने अधिकार बिभागिय मन्त्री अर्थमन्त्री र सरकारलाई छ भने त्यसबाट भएका सफलाता र असफलताको जिम्मेवारी पनि पूर्णरुपले अर्थमन्त्री र प्रधानमन्त्रीले लिनुपर्छ। अर्थतन्त्रका विभिन्न आयमबाट हेर्दा बर्तमान सरकार पूर्ण रुपले असफल भएको देखिन्छ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार ०८:०४