११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

सूर्या लाइफको साधारणसभा १९ पुसमा, लाभांश पारित गर्ने मूख्य एजेण्डा


२४ मंसिर, काठमाडाैँ । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक साधारणसभा १९ गते पुसमा बोलाएको छ । इन्स्योरेन्सले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभा भौतिक तथा भर्चुअल दुबै माध्यमबाट सुरू हुनेछ । सभामा कम्पनीले सो आर्थिक वर्षको नाफाबाट १२ दशमलव सात प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ६७ प्रतिशत नगद गरी कुल १३ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने लगायतको एजेन्डा छ ।

कम्पनीले हाल संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४० प्रतिशत रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ५१ प्रतिशत र सर्वसाधारण हिस्सा ४९ प्रतिशत बनाउन लागेको हो ।

सभा प्रयोजनार्थ इन्स्योरेन्सले ९-१६ पुससम्म बुक क्लोज हुनेछ । यसर्थ, ८ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १२:१३