१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नाडाको अध्यक्षमा ध्रुव थापा विजयी (निर्वाचितहरूकाे बिवरणसहित)


ढ२४ मंसिर, काठमाडाैँ । अटोमोवाइल एशोसियशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । अध्यक्षका प्रत्यासी करण चाैधरीलाई ६६ मतान्तरमा पराजित गर्दै थापा अध्यक्षमा विजयी भएका हुन ।

सदस्यहरूमा आकाश गोल्छा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदीपमान प्रधान विजयी भएका छन । यस्तै अनुप बराल, मिलनबाबु मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई, निलमणि पाठक, वरदान बस्नेत, पंकज अग्रवाल विजयी भएका छन ।

नाडाको बाँकी पदाधिकारी कार्यसमितिले चयन गर्नेछ । चाैधरी र थापा प्यानल नै बनाएर निर्वाचनको मैदानमा होमिएका थिए । मतदानबाट कार्यसमितिको सदस्यमा बहुमत चाैधरीको प्यानलबाट निर्वाचित भएका छन । नाडा निर्वाचन समितिका अनुसार सदस्यमा विजयी हुने मध्ये १२ जना चाैधरी समूहका छन भने पाँच जना थापा समूहका रहेका छन । निर्वाचितहरूको बिबरण तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार ०८:५५