११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

एमसीसीमाथि नेपालको ९ विकेटको सानदार जित


१३ साउन, काठमाडौँ । नेपालले मेरिलोबन क्रिकेट क्लब (एमसीसी)माथि ९ विकेटको सानदार जित हात पारेको छ । लन्डनको लर्डस् क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले एमसिसीलाई पराजित गरेको छ।

एमसीसीमाथि नेपालले ९ विकेटको सानदार जित हात पारेको हो । पहिले ब्याटिङ गरेको एमसीसीले नेपाललाई ४१ रनको विजय लक्ष्य दिएको थियो । ४.४ ओभरमा नेपालले लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि सुवास खकुरेलले नटआउट १६ तथा ज्ञानेन्द्र मल्लले नटआउट १२ रनको योगदान दिए । वर्षाका कारण खेल ६–६ ओभरमा झारिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार २१:११