१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

भक्तपुर अटोमोबाइल्स एसोसिएसनकाे अध्यक्षमा खर्वुजा


२० मंसिर, काठमाडाैँ । भक्तपुरमा सञ्चालित अटोमोबाइल्स व्यवसायी संगठित भएका छन् । व्यवसायीको भेलाले दीपेन्द्र खर्वुजाको अध्यक्षतामा भक्तपुर अटोमोबाइल्स एसोसिएसन गठन गरेकाे छ । एसोसिएसनकोे सचिवमा स्वयम्भुरत्न शाक्य, कोषाध्यक्षमा सुरेन्द्रप्रसाद प्रजापति तथा सदस्यमा दीपेश बेजू, राजेश कवां, महेन्द्र दुवाल र रामकृष्ण श्रेष्ठ चयन भएका छन् ।

भक्तपुरका अटोमोबाइल्स व्यवसायीको हकहित, सामाजिक काम र सिपमूलक तालिम आयाेजना गर्न एसाेसिएसन गठन गरिएकाे उनले बताए । एसोसिएसनमा अटोमोबाइल्स शोरुम, अटोमोबाइल्स रिकण्डिशन (एक्सचेन्ज), अटोमोबाइल्स पार्ट तथा लुव्रिकेन्टस् बिक्रीवितरण, मर्मत तथा वर्कसप (अटोमोबाइल्स मर्मत तथा सम्भार) का काम गर्ने व्यवसायी आवद्ध हुन सक्ने जानकारी दिइएकाे छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार ११:१४