१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पार्टी एकता जनयुद्ध भन्दा ठूलो परिघटनाः प्रचण्ड


१९ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नेकपा मओवादी केन्द्रबीचको पार्टी एकता जनयुद्ध भन्दा ठूलो परिघटना भएको बताएका छन ।

संघीय संसद भवन परिसरमा दुबै पार्टीका सांसदहरुलाई संयुक्त सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई पार्टीको एकता जनयुद्ध भन्दा ठूलो परिघटना भएको बताए ।

उनले इतिहासले महत्वपूर्ण जिम्मेवारी कम्युनिष्टहरुको काँधमा सुम्पिएको भन्दै सबैले जिम्मेवार भएर काम गर्नुपर्ने बताए । बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्दैछन ।

पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा एकरुपता ल्याउन र उपस्थितिलाई दमदार पार्न सांसदहरुलाई प्रशिक्षण दिएका हुन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार १३:३८