१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

केसीको अनसनका कारण गोविन्द चौधरीको मृत्यु भएको खुलासा, सांसद भन्छन केसी हत्यारा हुन


१३ साउन, काठमाडौं । चिकित्सक गोविन्द केसीको अनसनका कारण उपचार नपाउँदा अर्को एक जनाको पनि ज्यान गएको खुलासा भएको छ । केसीको अनसनका कारण शिक्षण अस्पताल महाराजगञ्जले भर्ना नलिँदा दाङको लमही नगरपालिका १ गोविन्द चौधरीको मृत्यु भएको हो ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद गंगा चौधरीले यस्तो खुलासा गरेकी हुन । उनले गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अाराेप समेत लगाइन ।

चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको बताइन । उनले उपचार नपाएर बिरामीको मृत्यु भएको विषयमा नेपाली कांग्रेसले वा गोविन्द केसी कसले जिम्मा लिने भन्दै प्रश्न समेत गरीन ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार १५:५१