१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

शेरबहादुर तामाङले भने- एमाले बन्दसत्र ८ बजेबाट सुरु हुन्छ, पदाधिकारीको टुंगो लागिसक्यो


१२ मंसिर, चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ । एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजेबाट सुरु हुने बताएका छन् ।

उनले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने बताएका छन् ।

‘चुनाव भएको भए मेरो दाबी सचिवमा हुनेथ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिऊ’, उनले भने । उनले केन्द्रीय कमिटीको नाम कलस्टरवाइज मिलाउँदा ढिला भएको बताएका छन् । यसका साथै उनले पदाधिकारीको नामावली विवाद रहित ढंगले टुंगिसकेको बताएका छन् ।

बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै दिनभर नेताहरूसँग छलफल गरेपछि अहिलेसम्म पनि बन्दसत्र चल्न सकेको छैन ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १९:३५