११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

कांग्रेस कञ्चनपुरको सभापतिमा बोगटी निर्वाचित


-मोहन जोशी

१२ मंसिर, धनगढी । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सभापतिमा पदम बोगटी निर्वाचित भएका छन् । रमेश लेखक निकट बोगटीले ८०६ प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एनपी साउँद पक्षका बहादुरसिंह थापाले ७१५ मत प्राप्त गरेका छन् ।

उपसभापतिमा भने एनपी साउँद निकट थापा प्यानका मीनबहादुर सिंह र हरि चन्द्र राना विजयी भएका छन् । उनीहरूले क्रमशः ७ सय ८६ र ७ सय ६३ मत ल्याएका हुन् । त्यसैगरी सचिवमा थापा प्यानलकै भीमराज भट्ट र हेमराज ओझा विजयी भएका छन् । उनीहरूले क्रमशः ७ सय २८ र ६ सय ९४ मत ल्याएका हुन् ।

सहसचिवमा दुवै प्यानलबाट एक/एक जना निर्वाचित भएका छन् । थापा प्यानलका नाफुसिंह साउँद निर्वाचित भएका हुन् भने बोगटी प्यानलबाट पुस्कल चौधरी निर्वाचित भएका छन् ।

कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका थिए । शनिबार भएको निर्वाचनमा कूल १ हजार ६ सय १८ मा १ हजार ५ सय ७१ मत खसेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १७:५१