१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौद्रिक नीति समिक्षापछि भारी अंकले घट्याे शेयर बजार


१२ मंसिर, काठमाडाैँ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षापछिको पहिलो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक भारी अंकले गिरावट आएको छ ।

आइतबार नेप्से परिसूचक ८०.२९ अंकले घटेर २ हजार ६५१.४९ अंकमा झरेको छ । शेयर लगानीकर्ताले राष्ट्र बैंकले मौद्रिक नीतिले व्यवस्था गरेको ४÷१२ करोडको नीति मौद्रिक नीतिको समिक्षमा संशोधन हुने अपेक्षा गरेका थिए । तर, मौद्रिक नीतिको समिक्षामा ४÷१२ करोडको सीमा संशोधन नभएपछि शेयर बजारमा भारी गिरावट देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जा ४ करोड देखि १२ करोडसम्म मात्र लिन पाउने व्यवस्था गरेको थियो ।

आइतबार कारोबारमा आएका २३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता शेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँ बराबारको शेयर कारोबार भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १४.१९ अंकले घटेर ५०१.४५ अंकमा झरेको छ । कारोबारमा सबै समूहको उपसूचक घटेका छन् । जसमा बैंकिङ समूहको ३४.९७, विकास बैंक २६७.०९, जलविद्युत १३२.०२, फाइनान्स ६८.०८, निर्जीबन बीमा ३८५.९४, माइक्रोफाइनान्स १३९.४ र जीवन बीमा समूहको उपसूचक ५३८.०३ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका ६ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । आइसीएफसी फाइनान्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनीको ८ प्रतिशत, निर्धन उत्थान लघुवित्तको ३ प्रतिशत र नेपाल एसबिआइ बैंकको २ प्रतिशतले बढेको छ ।

त्यस्तै, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा हिमालयन पावर पार्टनर र मानुषी लघुवित्तको सेयर मूल्य ८÷८ प्रतिशत घटेको छ । प्राइम लाइफ, महालक्ष्मी विकास बैंक र जोशी हाइड्रोपावरको सेयर मूल्य ७÷७ प्रतिशत घटेको छ । सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको २९ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको २३ करोड ४८ लाख, नेशनल हाइड्रोपावरको २२ करोड ८५ लाख, नेपाल टेलिकमको १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १६:४९