१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

अमेरिकी सांसदको टोली ताइवानको टापुमा पुगेपछि चिनियाँ सेनाको हवाई गस्ती


१२ मंसिर, बेइजिङ । चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको हो । ताइवानलाई लिएर बेइजिङ र वासिंगटनबीचको तनाव बढिरहेको बेला अमेरिकाले गस्ती बढाएको हो ।

सो टापुमा हालै अमेरिकी सांसदहरुको एउटा समूह पुगेको थियो । ताइवानका अधिकारीहरुलाई सहयोगको बाचा गर्दै अमेरिकी सांसदहरुको एउटा टोली बिहीबार सो टापुमा पुगेको थियो । अमेरिकी टोलीले ताइवानको स्वतन्त्रताका लागि अभियान चलाएको बेइजिङले आरोप लगाएको थियो ।

त्यसको जबाफमा शुक्रबार चीनको सेनाले हवाई र सामुद्रिक गस्ती गरेको चीनको पूर्वी कमान्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । अमेरिकी सेनाले देशको सार्वभौमसत्ता र क्षेत्रीय एकताको रक्षा गर्ने विज्ञप्तिमा जनाइएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकी सांसदहरुको भ्रमणको कडा शब्दमा विरोध गरेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १४:१०