८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज


१२ मंसिर, काठमाडौँ । ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हाे । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्दैछ । यसर्थ, नेप्सेमा आजसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरणगर्ने लाभांश प्रस्ताव पारित गर्न २७ मंसिरमा वार्षिक साधारणसभा आह्वान गरेको छ । ग्लोबलको साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेलगायतको प्रस्ताव छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार १०:५८