१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेकपा एमालेको नयाँ नेतृत्व चयन हुँदै, यी हुन पदाधिकारी


१२ मंसिर, चितवन । नेकपा एमालेको चितवनको सौराहामा जारी दशौँ राष्ट्रिय महाधिवेशनबाट आज नेतृत्व चयन हुँदैछ । निर्वाचन प्रक्रिया पूरा गरेर बिहान ११ बजेसम्ममा नयाँ नेतृत्वको घोषणा हुने एमाले नेताहरूले बताएका छन ।

नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्रले पदाधिकारी तथा केन्द्रीय सदस्य टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । बन्द सत्रको अन्तिम दिन अध्यक्ष ओलीले आज केन्द्रीय कमिटीको घोषणा गर्दै छन ।

शनिबार राति अबेरसम्म चलेको बन्द सत्रले उम्मेदवारको नाम फाइनल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीलाई दिएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पनि आजै सर्वसम्मत् नेतृत्व चयन गर्दै महाधिवेशन सकिने जानकारी दिए ।

नेकपा एमालेको अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल, उपाध्यक्षहरूमा सुरेन्द्र पाण्डे, डा भीमबहादुर रावल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल लगायत महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र रघुजी पन्त र सचिवमा योगेश भट्टराइ, विष्णु रिमाल, भानुभक्त ढकाल, रघुबीर महासेठ लगायत निर्वाचित हुने अनुमान गरिएको छ । यद्यपी अध्यक्षमा डा रावल र उपाध्यक्षमा भुसालले उम्मेदवारी घोषणा गरेर प्रचार गरिरहेका छन । स्रोतका अनुसार पदाधिकारीमा दाबी गरेका धेरै नेताको स्थायी कमिटीमा व्यवस्थापन गरिनेछ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार ०९:३४