१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नुवाकोट कांग्रेसमा केसी समूह नेतृत्वबाट च्यूत, महतको कब्जामा पुग्यो कांग्रेस


११ मंसिर, नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको निर्वाचनमा अर्जुननरसिंह र जगदिश्वरनरसिंह केसी समूह नेतृत्वबाट च्यूत भएको छ । जिल्लाको सबै प्रदेश र निर्वाचन क्षेत्र तथा जिल्ला कार्यासमितिको नेतृत्वबाट केसी निकटका कार्यकर्ता पराजित भएका हुन ।

नेतृत्वमा कांग्रेस नेता डा रामशरण महत र डा प्रकाशशरण महतका भतिजना रमेश महतले कब्जा जमाएका छन । शनिबार विदुरमा सम्पन्न मतगणनामा जिल्ला सपभापतिमा रमेश महतसहित कार्यसमितिमा बहुमत जित हाँसिल गरेका छन । केसीले चुनाव जित्नका लागि चिकित्सक संघका पूर्व अध्यक्ष समेत रहेका आफ्ना भाइ डा केदारनरसिंह केसीलाइ अध्यक्षको उम्मेदवारका रूपमा अघि सारेको थिए ।

महत र सभापति पदका अर्का उम्मेदवार डा। केदारनरसिंह केसीबीच १० मतको मात्रै अन्तर परेको छ । महतको ८३३ मत र केसीको ८२३ मत रहेको छ । उपसभापतिमा महत प्यानलकै सन्तमान तामाङ राजु थापा बिजयी भएका छन् । तामाङको ८४६ मत र थापाको ७५१ मत रहेको छ । थापाले केसी प्यानलका उपसभापति उपेन्द्र कुइँकेल भन्दा ३ मत बढी ल्याएर निर्वाचित भए । कुइँकेलको ७४८ मत रहेको छ ।

उससभापति पदका अर्का उम्मेदवार होमबहादुर तामाङको मत ६८२ रहेको छ । उनी केसी प्यानलका हुन् । उपसभापति पदका स्वतन्त्र उम्मेदवार ठाकुरजंग पाण्डेले ८७ मत प्राप्त गरेका छन् । सचिवमा बैकुण्ठ मिश्र ९०० मत ल्याएर र श्रीराम श्रेष्ठ ८२९ मत ल्याएर निर्वाचित भएका छन् । सचिव पदमा केसी प्यानलबाट उम्मेदवारी दिएका शिबप्रसाद दाहालको ७०२ मत र शंकर पाण्डेको ६७९ मत रहेको छ ।

सहसचिवमा उत्तम पाठक ८८८ मत सहित र यादवप्रसाद नेपाल ८२३ मत लिएर निर्वाचित भएका छन् । सहसचिव पदका उम्मेदवारहरु झमकराज गुरुङको ६८८ मत र रुपबहादुर तामाङ ६८४ मत रहेको छ । कार्य समितिका सदस्यहरुको र महासमिति सदस्यको मत गणना भने केही बेरपछि हुने छ । हिजो भएको निर्वाचनमा जिल्ला कार्यसमितिको ५२ जना र महासमिति सदस्य ११ जनाका लागि मतदान भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार २०:४८