७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तस्बीरमा हेर्नुहोस्, नेकपा एमालेको ऐतिहासिक केन्द्रीय कमिटीको बैठक


१० मंसिर, काठमाडाैँ । नेकपा एमालेले मध्यरातमा सरप्राइज दिएको छ । मतदान भएर नेतृत्व चयन हुँदा मन पनि विभाजित हुन्छ भने चिन्तित नेता कार्यकर्ताको भावना सम्बाेधन गर्दै एमालेले चार पादधिकारी, पोलिटव्यूरो कमिटी थप्दै ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय भएको छ ।

चितवनको साैरहामा दशाैँ महाधिवेशनको उद्घाटन सत्रपछि बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले यस्तो निर्णय गरेको हो । एमालेको केन्द्रीय कमिटीले विधानमा संशाेधन गर्न गरेको प्रस्ताव शनिबार बस्ने बन्दसत्रको हलबाट पारित हुनेछ । र एमालेले नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दैनिकीलाइ जानकारी दिए ।

केन्द्रीय कार्यालय सचिव तामाङका अनुसार एमालेको अब केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । पोलिटब्यूरो ९९ सदस्यी हुनेछ भने स्थायी कमिटी ४५ सदस्यीय हुनेछ । पदािधकारी १९ सदस्यी हुनेछ । जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जनाहुनेछ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार ००:४०