१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नेपाल बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


१० मंसिर, काठमाडाैँ । नेपाल बैंकले साधारण सभा बोलाएको छ । पुस २ गते बसेकाे बैंककाे सञ्चालक समितिको बैठकले  ६२ औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभाले बैंककाे हाल कायम चुक्ता पुजी १२ अर्ब ६३ करोड ३७ लाख ५८ हजार रुपैयाँको १४ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले मंसिरर २१ गते बुक क्लोज गर्ने छ । तसर्थ २० गते सोमबारसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १७:५२