१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एनआईसी एशिया बैंकलाई आईएसओ प्रमाणपत्र प्रदान


१० मंसिर, काठमाडौँ । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं International Organization for Standardization (ISO) बाट मान्यता प्राप्त ISO 27001: 2013 (Information Security Management System) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।

ISO 27001 मापदण्डको आवश्यकता अनुसार यस बैंकले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई Quality Austria सँग आबद्ध Certification & Information Security Services GmbH ले प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो ।

यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ । यस अवसरमा बैंकको तर्फबाट Certification & Information Security Services GmbH प्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ ।

बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १७:४५