१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

एमाले महाधिवेशनबारे योगेश भट्टराईका २२ सूचना


९ मंसिर, चितवन । एमाले सचिव तथा महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशन उद्घाटन सत्रमा मानव समुद्र उर्लिने दाबी गरेका छन् ।

महाधिवेशन तयारीका सन्दर्भमा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले उद्घाटनका दिन नारायणी नदी किनारमा मानव समुद्र उर्लिने दाबी गरे ।

तयारीबारे यसो भन्छन् भट्टराई

-उद्घाटन सत्रमा मानव समुद्र उर्लिन्छन । यो भनेको सभामा ५ लाख जनाको सहभागिता हो ।

-नवलपुरको गैँडाकोटसहित चितवनका विभिन्न ७ स्थानबाट जुलुस निस्कन्छ ।

-चितवनमा मात्रै ५० भन्दा बढी स्वागतद्वार बनाइएको छ ।

-बन्दसत्रको हल तयार भयो ।

-महाधिवेशनको उद्घाटन सत्रमा सबै सहभागी आइपुग्न नसक्ने भएकोले ठूलठूला डिजिटल स्क्रिनमार्फत कार्यक्रमको लाइभ देखाइनेछ ।

-नारायणी नदी पारी नवलपुरको गैंडाकोट र नारायणगढका विभिन्न स्थानमा डिजिटल बोर्ड राखिएका छन् ।

-चितवनवासीको घरघरमा पुगेर महाधिवेशनमा आउन निम्तो गरिएको छ ।

-उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।

-महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका कम्बोडिया लगायतका देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।

-चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश आएको छ ।

-महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् ।

-भूगोल, जनसंगठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र ५ प्रतिशत मनोनित (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि सहभागी पुग्छन् ।

-महाधिवेशनमा १०३ जना पर्यवेक्षक छन् ।

-एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेता पर्यवेक्षक रहनेछन् ।

-कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ जना दलित छन् ।

-महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी छ ।

– गतेबाट मात्रै आवास व्यवस्थापन गरिएको छ ।

शुक्रबार बेलुका मात्रै प्रतिनिधि परिचयपत्र बाँडिनेछ ।

मंसिर ११ गते बिहान ८.३० बजेबाट बन्दसत्र सुरू हुन्छ ।

बन्दसत्रमा एमाले अध्यक्ष केपी ओली, दलका नेताहरु र विदेशी पाहुनाहरुले सम्बोधन गर्छन् ।

– मंसिर साँझ ६ बजेसम्म उम्मेदवार दर्ता, दाबी विरोध र फिर्ताको समय छ ।

सोही दिन साँझ ६.३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १७:५५