७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कालिका लघुवित्तले १३ प्रतिशत बोनस सेयर वितरण गर्ने


९ मंसिर, काठमाडौँ । कालिका लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको ८ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन्।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १५:४६