४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

साना किसान विकास लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस सेयर कति ?


९ मंसिर, काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

संस्थाको ९ मंसिरमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र सोमा लग्ने कर प्रयोजनाको लागि एक दशमलव ३१ प्रतिशत नगद लाभांश गरी कुल कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १५:३३