१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तरलता अभाव टार्न बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक


९ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता अभाव टार्न बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले १४ दिन अवधिको २३ मंसिरमा परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।

बैंकले यसअघि गत २५ कात्तिकमा २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । केन्द्रीय बैंकका अनुसार बोलकबोलमा इजाजत प्राप्त क, ख र ग वर्गका स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् । बजारमा लगानी योग्य रकमको अभाव रहेकाले तरलता अभाव टार्न केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १५:२६