८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेप्सेमा न्यादी हाइड्रोपावरको आईपीओ सूचिकृत, कति पायाे ओपनिङ रेञ्ज ?


८ मंसिर, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । नेप्सेमा न्यादी हाइड्रोपावरकाे १ कराेड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । न्यादी हाइड्रोपावर दाेश्राे बजारमा काराेबारका लागि NYADI सिम्बाेल पाएकाे छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज  निर्धारण गरेकाे छ । बिहीबारबाट न्यादी हाइड्रोपावर कम्पनीकाे दाेश्राे बजारमा कम्पनीकाे काराेबार सुरू हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १४:१२