१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

सामलिङ्ग पावरको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ रेञ्ज ?


८ मंसिर, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । नेप्सेमा कम्पनीकाे ५० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडले दाेश्राे बजारमा काराेबारका लागि SPC सिम्बाेल पाएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेकाे छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १३:५५