८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आज पनि घट्याे सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


८ मंसिर, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रतिकात्मक तस्बिर ।

चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १३:३०