१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

बसमा आगो लागि हुँदा ४६ जनाको जलेर मृत्यु


७ मंसिर, सोफिअ । पश्चिम बुल्गेरियामा बस दुर्घटना हुँदा कम्तिमा ४६ जनाको जलेर मृत्यु भएको छ । राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसमा आगो लागेको थियो ।

टर्कीको इस्तानबुलबाट उत्तरी मेसेडोनियाको राजधानी स्कोपजेतर्फ प्रस्थान गरेको बस बोसनेकमा दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा बालबालिका पनि छन् । जलेर गम्भीर घाइते भएका ७ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओसमनीले बसमा साप्ताहिक बिदा मनाउन गएका व्यक्ति सवार रहेको जानाकारी दिएका छन् ।बस दुर्घटना भएको स्थल ‘सील’ गरिएको छ । घटनास्थल पुगेका बुल्गेरियाका गृहमन्त्री बोक्यो रास्कोभले भने, ‘मृतक सबैको शरीर जलेको छ ।’

दुर्घटनाबारे उत्तरी म्यासोडोनियाका प्रधानमन्त्री जोरान जाइभले बुल्गेरियाका प्रधानमन्त्रीसँग छलफल गरेको समाचार विवरणमा जनाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार १२:४१