८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चीनले किन तोड्यो लिथुआनियासँगको सम्बन्ध ?


६ मंसिर, भिलनिअस । चीनले लिुथुआनियासँगको कूटनीतिक सम्बन्ध तोडेको छ । राजधानी भिलनिअसमा तााइवनलाई दूतावास खोल्ने अनुमति दिएपछि चीनले लिुथुआनियासँगको सम्बन्ध तोडेको हो । ताइवानलाई चीनले आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा व्यवहार गर्दै आएको छ, यद्यपी ताइवानले आफूलाई सार्वभौम सम्पन्न देश ठान्छ ।

आफ्नो अभिन्न अंश भएकोले ताइवानसँग कूटनीतिक सम्बन्ध स्थापित नगर्न बेइजिङले विभिन्न देशलाई दबाब दिँदै आएको छ । ताइवानलाई दूतावास खोल्न अनुमति दिएपछि लिथुआनियासँग क्रुद्ध बनेको चीनले यसअघि नै आफ्ना राजदूत फिर्ता बोलाएको थियो ।

ताइवानले बिहीबार मात्र लिथुआनियामा आफ्नो सम्पर्क कार्यलय खोलेको थियो । युरोप र अमेरिकामा खोलिएका ताइवानका अन्य कार्यलयले राजधानी सहर ताइपेयको नाम उल्लेख गरेपछि बेइजिङ रुष्ट छ । ताइवानले जुनसुकै देशसँग सम्बन्ध स्थापित गरे पनि उ चीनको अभिन्न अंश हो भन्ने कुरा बिर्सन नहुने बेइजिङले ताइवानलाई सचेत गराउँदै आएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार १२:२१