७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

साहित्यिक पत्रकार सङ्घमा दुवाल


३ मंसिर, काठमाडाैँ । नेपाल साहित्यिक पत्रकार सङ्घको चौथो राष्ट्रिय सम्मेलनले ‘जनमत’ साहित्यिक मासिकका प्रधानसम्पादक मोहन दुवालको अध्यक्षतामा सर्वसम्मतिले ३५ सदस्यीय केन्द्रीय समिति निवाचित गरेको छ ।

काभ्रेको वनेपामा आज सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा वियोगी बुढाथोकी, उपाध्यक्षमा रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गङ्गा सुवेदी, महासचिवमा चेतनाथ धमला, उपमहासचिवमा नवराज रिजाल, सचिवमा होमशङ्कर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजु चयन हुनुभएको छ ।

केन्द्रीय सदस्यमा गणेश राई, गायत्रीकुमार चापागाईँ, प्रकाश सिलवाल, यादव भट्टराई, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, डा शैलेन्दूप्रकाश नेपाल, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, नवदीप श्रेष्ठ, जगत वाशिष्ठ र रामसुन्दर देउजा हुनुभएको छ । बाँकी सदस्य पछि मनोनयन गरिनेछ ।

विस २०६३ मा स्थापित सो सङ्घको केन्द्रीय सल्लाहकारमा रोचक घिमिरे, नगेन्द्रराज शर्मा, मातृका पोखरेल, नरेन्द्रबहादुर श्रेष्ठ, लक्ष्मी उप्रेती, डा रेवतीरमण लाल र वासुदेव अधिकारी चयन गरिएको छ । सम्मेलनले साहित्यिक पत्रपत्रिकालाई राज्यले उपेक्षा गर्न नहुनेलगायत १३ बुँदे वनेपा घोषणापत्र जारी गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार १८:४३