८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

प्रचण्डको स्वागतका लागि नगरपालिकामा सार्वजनिक विदा, कार्यक्रममा उपस्थित हुन उर्दी


१ मंसिर, महोत्तरी । नेकपा माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भनेर प्रचार गरिए पनि शनिबारको दिन कोही उपस्थित हुने नभएपछि स्थागित भएको महोत्तरीको रामगोपालपुर नगरपालिकाको कार्यक्रम बुधबार हुँदैछ ।

त्यसका निम्ति नगरपालिकाले सार्वजनिक विदाको घोषणा गर्दै अनिवार्य सहभागी हुन सबैका लागि उर्दी जारी गरेको छ । शनिबारको दिन कोही नागरिक उपस्थित हुन नमानेपछि आज कर्मचारी र सरकारी स्कुलका विद्यार्थीलाई सहभागी गराउन सार्वजनिक विदा दिइएको नगरपालिकाका एक अधिकृतले दैनिकीलाई जानकारी दिए ।

नगरप्रमुख अशोककुमार मण्डल र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रनाथ कर्णले संयुक्त रूपमा हस्ताक्षर गरेर जारी गरिएको सूचनामा प्रचण्डको सवारी हुने भएकाले विदा दिएको जानकारी दिइएको छ । प्रचण्डले त्यहाँको स्वास्थ्य केन्द्रको उद्घाटन गर्ने जनाएको छ । यसअघि सत्तारूढ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएको भन्दै उक्त कार्यक्रम स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १०:२३