१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

रिलायन्स लाइफ इन्सुरेन्सले तीन महिनामा साढे ७३ करोड कमायो


२८ कात्तिक, काठमाडौँ । रिलायन्स लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा इन्सुरेन्सले ७३ करोड ५५ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको छ ।

जुन अघिल्लो वर्षको तुलनामा ५८ दशमलव १० प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिमा कम्पनीले तीन करोड रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद बिमा शुल्कमा पनि आकर्षक सुधार भएको छ ।

असोज मसान्तसम्ममा खुद बिमा शुल्क ५८ दशमलव १० प्रतिशतले बढेर ७३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा २६ करोड ३४ लाख रुपैयाँ र बिमा कोषमा तीन अर्ब दुई करोड रुपैयाँ सञ्चित छ ।

समीक्षा अवधिमा इन्सुरेन्सले १४ करोड २९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी रकम ४३ लाख ४९ हजार रुपैयाँ छ । यस अवधिमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९२ पैसा (वार्षिक) रहेको रिलायन्सको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ९४ पैसा छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार १४:५४