८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नुवाकोटको अजिङ्गरे माविमा चाेरी, ल्यापटप र सीसी क्यामेरा चाेरी


२२ कात्तिक, नुवाकोट । नुवाकोटको अजिङ्गरे माविमा चोरी भएको छ । चाडबाडको समयमा विद्यालय बन्द भएको समयमा पाँच वटा दराज फोरेर चोरी भएको प्रधानाध्यापक मुकुन्द नेपालले जानकारी दिए ।

नेपालका अनुसार चोरले पाँच वटा दराज फोरेर एक थान ल्यापटप, सीसी क्यामराको मनिटर, स्टोरेज डिभाइस लगायतका सामग्री लगेको छ । नेपालले घटनाका बारेमा प्रहरीलाइ जानकारी गराएर अनुसन्धान भैरहेको पनि जानकारी दिएका छन ।

उनले शिक्षाको मन्दिरमा भएको यस प्रकारको अपराधिक घटनाको जति निन्दा गरेपनि कम हुने बताएका छन । प्रधानाध्यापक नेपालका अनुसार तत्कालै विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरुको बैठक बसी उक्त घटनाको भर्त्सना गर्दै दोषी पत्ता लगाई आवश्यक कानुनी कारवाहीको माग गर्नुका साथै विद्यालयको सुरक्षाको लागि थप आवश्यक प्रबन्ध गर्न माग गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार १९:५४