१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नुवाकोटका भीमबहादुर तामाङ, जसले हेडसरको कुटाइले पढाइ छाडे (भिडियोसहित)


-प्रशान्तजंग पाण्डे

१९ कात्तिक, नुवाकोट । सरकारले करोडौँ बजेट खर्च गरेर वर्षाैदेखि साक्षर नेपाल अभियान सञ्चालन गर्दै आएको छ । पछिल्ला वर्षमा साक्षरता दरमा सुधार पनि आएको छ । मुलुकका १५ देखि ६० वर्ष उमेर समूहका करीब ७४ प्रतिशत नागरिक साक्षर भएका छन् ।

कृषक भीमबहादुर तामाङ ।

गत महिना मात्रै संघीय राजधानी काठमाडौँ जिल्ला पूर्ण साक्षर घोषण हुँदा मुलुकका साक्षर हुने जिल्लाको संख्या ५५ पुगेको छ । खासगरी तराई मधेसका अधिकांश जिल्ला साक्षरतामा पछाडि छन् । काठमाडौँसँग जोडिएको नुवाकोट जिल्लामा उक्त उमेर समूहका केही नागरिक यस्ता भेटिन्छन्, जसले आफू बालबालिका हुँदा पनि पढ्न पाएनन् या पढेनन् र अहिले प्रौढ साक्षरता कार्यक्रमले पनि तिनलाई समेट्न सकेको छैन ।

कृषक भीमबहादुर तामाङसँगै व्यवसायी कडेँल र पत्रकारको टिम ।

नुवाकोटको बेलकोटगढी नगरपालिका—११, तिगाउँस्थित ५० वर्षीय किसान भीमबहादुर तामाङ साक्षर हुनबाट कसरी छुटे ? उनका शब्दमा त्यसबेला विद्यालयका प्रधानाध्यापकले कुट्ने गरेपछि उनले भर्ना भएकै वर्ष विद्यालय छाडेको र त्यसपछि कहिल्यै विद्यालय नफर्केको बताउँछन । केहीदिन अघि स्थानीय कँडेल कृषि फार्ममा भेटिएका तामाङले शिक्षा पत्रकार प्रकाश सिलवालसँगको संवादमा आफ्नो शैक्षिक स्थितिबारे यस्तो खुलासा गरेका छन् ।

व्यावसायिक महत्वपूर्ण व्यक्ति (सिआइपी) सम्मानप्राप्त उद्यमी गोपी कँडेलले सञ्चालन गरेको कँडेल कृषि फार्ममा कार्यरत तामाङ आफूले नपढेपछि पढेलेखेका छिमेकी कँडेलले आफूहरुको परिवारका लागिसमेत रोजगार हुने गरी व्यवसायिक कृषिका लागि लगानी र उचित वातावरण बनाइदिएकोमा खुशी छन् । हाल सरकारले सञ्चालन गरेको साक्षरता कार्यक्रममा किन सहभागी नभएको भन्ने प्रश्नमा तामाङले अब बुढेसकालले छोएको बताए ।

अहिले बोलकोटगढी ११ मा करिब सय रोपनी जग्गामा प्रांगारिक खेती गरिरहेका छन । विभिन्न फलफूल, तरकारीदेखि चराचुरीङ्गी समेत पालिकाएको छ । अमेरिकाको राम्रो अवसर छाडेर नेपालमा व्यवसाय गरिरहेका कडेँल विगत केही वर्षदेखि हस्ताकला व्यवसायको माध्यमबाट सबैभन्दा बढी सामग्री विदेश निर्यात गरेर राज्यलाई सबैभन्दा बढी कर तिर्ने व्यवस्याीको रूपमा सम्मानित हुुँदै आएका छन ।

व्यवसायी कडेँल प्रांगारिक खेतीको उपादयताको बारेमा जानकारी गराउँदै ।
कडेँल फार्ममा घाँस खाएर हुर्किरहेका टर्की र कडकनाथ जातका चराहरू ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार १९:४३