७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

महाकवि देवकोटाको जयन्तीमा काव्यगोष्ठी (भिडियोसहित)


१८ कात्तिक, काठमाडाैँ । नागार्जुन साहित्यिक प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्तीका अवसरमा आज अनामनगरमा काव्यगोष्ठीको आयोजना गरेको छ ।

महाकवि देवकोटाको व्यक्तित्व चर्चा, उहाँको ‘भिखारी’ शीर्षकको कविता वाचन र अन्य कविहरुका कविता वाचनसहित सम्पन्न गोष्ठीमा वरिष्ठ समालोचक प्रा डा बद्रीविशाल पोखरेलले महाकवि देवकोटालाई नयाँ पुस्ताले गहनरुपमा पढ्न र बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले तत्कालील व्यवस्थाले उहाँलाई जनताका पक्षमा लागेका नाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट उपलब्ध हुनुपर्नै तलव सात महिनासम्म निकासा नभएका जस्ता पीडादायी अवस्था उजागर हुनुर्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा शिवप्रसाद आचार्य, वैरागी जेठा, प्रकाश सिलवाल, चेतनाथ धमला, माधव निर्दाेष, यशोदा अधिकारी, शिवहरि पाण्डेलगायतले रचना प्रस्तुत गर्नुभएको थियो । केही स्रष्टाले भर्चुअलरुपमा रचना प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा आगामी मंसिरमा लोकतान्त्रिक साहित्यिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको संस्था नागार्जुनको अधिवेशन तयारीका लागि संस्थापन अध्यक्ष जेठका अध्यक्षतामा पाँच सदस्यीय समिति गठनको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार १७:२७