१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नवलपुर समाज साउथ अस्ट्रेलिया गठन, अध्यक्षमा विष्णु तिवारी र सचिवमा प्रकाश गैरे


१६ कात्तिक, अष्ट्रेलिया । नेपालका पछिल्लो पटक गठित जिल्ला नवलपुर घर भई साउथ अस्ट्रेलियामा बसोबास गर्नेहरुको एक भेलाले नवलपुर समाज साउथ अष्ट्रेलिया गठन गरेको छ ।

प्रवासमा नेपालीहरुको उपस्थिति बढ्दै गए पछि विभिन्न जिल्लाहरुको समाज गठन गर्न क्रम बढेको छ । पछिल्लो समयमा अष्ट्रेलियाको एडिलेडमा नवलपुरेहरुको संख्या बढे संगै दशै तिहारको शुभकामना आदानप्रदान सहितको पहिलो भेला आयोजना गरेका थियो । दुइ चरणमा भएको कार्यक्रममा पहिलो चरणको शुभकामना आदान प्रदान कार्यक्रममा गैडाकोट घर भई एडिलेड निवासी सामाजिक अगुवा अर्जुन लम्सालको संचालनमा भएको थियो ।

कार्यक्रममा एडिलेडमा विभिन्न सामाजिक संघ संस्थाका अगुवा समेत रहेका नवलपुरेहरु हेम खनाल, अशोक केशी, प्रकाश गैह्रे , देवेन्द्र खरेल र शंकर भट्टराईले चाडवाडको शुभकामना व्यक्त गर्दै समाज गठनको आवश्यकता र महत्व दर्साउनु भएको थियो । यसै गरि कार्यक्रमको दोस्रो चरणमा समाजको गठन गरिएको थियो । सो चरणको कार्यक्रमको संचालन नवपुर मध्यविन्दु घर भइ हाल एडिलेडका सामाजिक अगुवा हेम खनालले गरेका थिए ।

एक सय भन्दा बढिको सहभागीतामा भएको सो भेलामा कार्यसमिति गठनका लागि भएको छलफलबाट सर्वसम्मत रुपमा अध्यक्ष -विष्णु तिवारी (गैंडाकोट -४ ) , सचिव -प्रकाश गैरे (देवचुली १७), सह-सचिव भिम गिरी(डण्डा, कावासोती), कोषाध्यक्ष- सम्झना बराल सापकोटा (गैंडाकोट-१), सदस्यहरु: सुरेश महतो,ज्योती भुसाल, भिमराज थापा, होमु न्यौपाने रहनु भएको कार्य समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १३:०९