१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गुडविल फाइनान्सको नाफामा १४४ प्रतिशतको वृद्धि


१६ कात्तिक, काठमाडौँ । गुडविल फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

फाइनान्सले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनामा १४४ दशमलव प्रतिशतले नाफा बढाउन सफल भएको छ । फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड ११ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा दुई करोड ९१ लाख ५९ हजार रुपैयाँ मात्रै थियो ।

समीक्षा अवधिमा फाइनान्सले खुद ब्याज आम्दानी १३० दशमलव २५ प्रतिशतले बढको छ । फाइनान्सको ब्याज आम्दानी ६ करोड २१ लाख रुपैयाँबाट बढेर १४ करोड ३० लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा फाइनान्सको सञ्चालन नाफा १३७ दशमलव ८९ प्रतिशतले बढेको छ । यस अवधिमा फाइनान्सको नेट फि कमिसनको आम्दानी एक करोड ३४ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य १२ करोड ९२ लाख रुपैयाँ रहेको छ । फाइनान्सको निक्षेप एक दशमलव ९७ प्रतिशत बढेको छ भने कर्जा चार दशमलव ५० प्रतिशत बढेको छ । त्यसैगरी, यस अवधिसम्ममा फाइनान्सको निष्कृय कर्जा अनुपात तीन दशमलव ४ प्रतिशत रहेको छ।

फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७२ लाख रुपैयाँ छ । फाइनान्सले पहिलो त्रैमासमा १० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेर सात अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । फाइनान्सको तीन महिनामा जगेडा कोषमा एक अर्ब पाँच करोड रुपैयाँ छ । फाइनान्सको जगेडा कोष चार दशमलव ५४ प्रतिशत बढेको उल्लेख छ ।

फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५८ पैसाबाट बढेर ३२ रुपैयाँ ८४ लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १२:३९