१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा, लाभांश प्रस्ताव मुख्य एजेन्डा


१६ कात्तिक, काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० मांसिरमा साधारण सभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने दशमलव ३७ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन, कमलपोखरीमा १०औँ वार्षिक साधारणसभा आह्वान गरेकाे हो ।

सभामा चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि सात दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल २७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ ।

प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य कुनै वित्तीयलाई एक्वायर गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् ।

साधारणसभा प्रयोजनका लागि लघुवित्तले ३० कात्तिकमा बुकक्लोज गर्ने भएको छ । यसअनुसार २९ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन्।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १२:२७